राजविराज। शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र दाउरा वितरण सुरु गरेको छ । नगरका कार्यवाहक प्रमुख इसरत परविनका अनुसार ट्याक्टरमार्फत नगरपालिकाका कर्मचारीको टोलीले नगरको चोक र अस्पतालमा दाउरा वितरण सुरु गरेको हो ।
कार्यवाहक प्रमुख परविनले विगत एक हप्तादेखि बढेको जाडोबाट प्रभावित स्थानमा दाउरा अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क वितरण गरिएको बताए।
उनले भने, “अहिले आफ्नो दैनिकी जीवन चलाउन कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने कर्मचारी तथा सर्वसाधारणलाई न्यानोका लागि यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्नेछ ।”
नगरपालिकाका अनुसार मुख्य बजारसहित वडा नं. १, २, ३, ४, ५, ६ र ७ वडामा दाउरा वितरण गरिएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया