आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक
वालिङ। स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।
नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् ।
विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशम खनालले बताए ।
‘बाल विकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई छ बार छ प्रकारका खाना बनाउनका लागि विद्यालयले एक जना भान्से नियुक्त गरेको छ’, उनले भने, ‘एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाना बनाएर खुवाउन अप्ठ्यारो हुने भएकाले अभिभावकहरूले सहयोग गर्दै आउनुभएको छ ।’
विद्यालयले दिवा खाजाको व्यवस्थापनका लागि अभिभावकको भेला राखेर प्रत्येक दिन तीन जना अभिभावक विद्यालयमा उपस्थित भएर दिवा खाना, खाजा बनाउने निर्णय गरेसँगै अभिभावक नियमित आउने गरेको उनले बताए । विद्यालयले अभिभावकको नामावली सहितको तालिका बनाएर दिवा खाजा बनाउन अभिभावकलाई जानकारी गराउँदै आएको छ ।
बाल विकासदेखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई प्राप्त भएको दिवा खाजाबापतको रकमले खाजा खुवाउन पनि अपुग हुने भएकाले विद्यालयले आन्तरिक व्यवस्थापन गरी अघाउन्जेल खाना, खाजा खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले बताए ।
‘आइतबारदेखि शुक्रबारसम्म बालबालिकालाई बारअनुसार फरक फरक खाना, खाजाका परिकार बनाएर खुवाउँछौँ,’ उनले भने, ‘अभिभावकहरूले आलोपालो विद्यालयमा उपस्थित भएर खाना, खाजा बनाएर सहयोग त गर्नुभएकै छ, त्यसको अलावा मासिक रुपमा रु २०० पनि खाजाबापतको रकम भुक्तानी दिनुहुन्छ ।’
नमूना विद्यालयका रुपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत च्याउ, विभिन्न तरकारी र ड्रागन फ्रुटसमेत लगाएको छ । बाल विकासदेखि कक्षा ६ सम्म दैनिक १८५ बालबालिकाले खाना, खाजा खाने गरेका भान्से सरिता रेग्मीले बताइन् ।
‘कुन बार कुन परिकार बनाउने भन्ने तालिका छ सोही अनुसार छुट्टाछुट्टै बार छुट्टाछुट्टै परिकार पकाउने गर्छौँ’, उनले भनिन्, ‘धेरै जना विद्यार्थी हुँदा खाना बनाउन, खुवाउन समस्या हुने गरेकाले दैनिक तीन÷तीन जना आलोपालो गरेर अभिभावक आएर खाजा बनाउने खुवाउने गर्छौँ ।’
सो विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । कक्षा ७ देखि १२ सम्मका विद्यार्थीका लागि खाजाका लागि विद्यालय परिसरमै छुट्टै चमेना गृहको व्यवस्था रहेको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया