गलकोट। मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी १२ कक्षामा पढ्थिन् । औषधि खाएर निको हुन्छ भनेको समस्या बल्झिँदा बल्झिँदै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ ।
बागलुङ नगरपालिका–१ निवासी मनिषा बोसेलले मिर्गौलामा समस्या देखिएर औषधि खान थालेको सात वर्ष भयो । डायलायसिस गराउन थालेको चार वर्ष भयो ।
सामान्य आर्थिक अवस्था भएका मनिषाको परिवार यतिबेला उनको उपचार गराउँदा गराउँदै विपन्न भएको छ । स्वास्थ्य समस्याकै बीचमा स्नातक भर्ना भएकी मनिषाले रोगसँग लड्दा पढाइलाई निरन्तरता दिन सकिनन् । स्वास्थ्यले मात्र होइन अर्थ पनि नभ्याएपछि बाच्नेसँगै पढ्ने पनि मनिषाका लागि सङ्घर्ष बन्दै छ ।
मनिषालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन् । आमा मीना बोसेल मिर्गौला दिन तयार छन् । तर जाँच, प्रत्यारोपण र त्यसपछिको रेखदेखका लागि बोसेल परिवारसँग पैसा छैन ।
रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा समेत मिडियाका माध्यमबाट आपिल गरि पैसा सङ्कलन गरेर उपचार सम्भव भएको समाचार सुनेका बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन् ।
मनिषा जस्तै धौलागिरि अस्पताल बागलुङमा डायलायसिस गराइरहेका जैमिनी नगरपालिका–७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको पनि समस्या उस्तै छ ।
आर्थिक अवस्था कमजोर रहेका कमललाई मिर्गौलामा समस्या देखिएको चार वर्ष पुग्यो । श्रीमती, छोराछोरी र आमाबुबाको समेत जिम्मेवारी रहेका कमलालाई चिकित्सकले मिर्गौला प्रत्यारोपणको सुझाव दिएका छन् । श्रीमतीले मिर्गौला दिन तयार भए पनि आर्थिक अवस्था कमजोर हुँदा कमलले जाँचको समेत प्रक्रिया अगाडि बढाउन सकेका छैनन् ।
धौलागिरि अस्पतालमा हप्ताको दुई दिन निःशुल्क डायलायसिस गर्दै आएका कमललाई सरकारले दिने मासिक रु पाँच हजार सहयोगी भए पनि साध्य हुन सकेको छैन ।
मिर्गौला मिल्ने गर्नेदेखि प्रत्यारोपण गर्नेसम्मको प्रक्रियाका लागि चिकित्सकले न्यूनतम रु २० लाख खर्च हुन्छ भनेका छन् । तर, कमलसँग निःशुल्क डायलायसिस गर्न अस्पताल आउने जाने भाडासमेत छैन ।
धौलागिरि अस्पताल बागलुङमा ७० जनाले नियमित डायलायसिस गराइरहेका छन् । केही अझै पालोको पर्खाइमा छन् । नेपाल सरकारले मिर्गौलाका बिरामीलाई मासिक रु पाँच हजारसहित डायलायसिस सेवा निःशुल्क दिएको छ ।
मिर्गौलाले काम गर्न छाडेपछि कि नियमित डायलायसिस गर्नुपर्छ कि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि सरकारले दिएको डायलायसिससँगै पाँच हजार रुपैयाँ प्रत्यारोपणका लागि पर्याप्त नहुँदा सहयोगको अपिल गर्नुपर्ने बाध्यता भएको कमलले बताए ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया