मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै
महोत्तरी। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे सङ्क्रान्ति पर्व मिथिलाञ्चलमा तिला सङ्क्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला सङ्क्रान्ति भनिन्छ भने कतै कतै तिला सङ्क्रायत पनि भनिन्छ ।
यस पर्वमा मिथिलाको घर घरमा चिउरा, भूजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ । चामल, दाल, घीउ र तरकारी एकै साथ मिसाइएर बनाइएको खिचडीसमेत खाने चलन रहेकाले अहिले यहाँका घर घरमा पर्वमा परिकार बनाउन आवश्यक वस्तु सख्खर, चिउरा, भूजा, तील, अदुवा, विशेष प्रकारको चामल, उरिद र कुर्थीको दाल, घीउ, तरुल तथा अन्य मिठो तरकारी जुटाउनमा सर्वसाधारण व्यस्त छन् ।
किनमेलका लागि महोत्तरी सदरमुकाम जलेश्वरसहित मिथिलाको प्रत्येक हाटबजारमा भीडभाड देखिन्छ । यस पर्वका लागि मिथिलाञ्चलको घर घरमा ८-१० दिन पहिलेदेखि तिल, चिउरा, भूजा र सख्खर ल्याएर मिथिलानीहरु लड्डु बनाउने गर्दछन् । जसले गर्दा मिथिलाञ्चलका गाउँ बस्तीमा यस पर्वको रौनक एक साता पहिलेदेखि सुरु हुने जलेश्वर–८ की राजवती देवीले बताइन्।
सङ्क्रान्तिका दिन एकाबिहानै घरका सबैभन्दा पाका सदस्य जागेर नित्कर्मसँगै नुहाइधुवाई गरी अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाइ कूल देवतालाई चढाउने र पछि सोही प्रसादबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौँ’ भन्ने चलन रहेको जलेश्वर नगरपालिका– ५ का संस्कृतिविद् ध्रुव रायले बताए।
उनले यस कर्मलाई संस्कार पुस्तान्तरणको संज्ञा दिए । जसले मिथिलाको संस्कार र संस्कृतिलाई पछिसम्म जीवन्त राख्न सहयोग गर्ने उनको भनाइ छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया