Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठसमाचारबैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट

बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट


बैतडी — चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ।

झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गोकुलेश्वर अस्पताल मा भइरहेको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

साभार-स्टार बुलेटिन डटकम



तपाईको प्रतिक्रिया