सुदूरपश्चिमका विभिन्न अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त
सुदूरपश्चिम, २ चैतः सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी नियुक्त परेको छ । मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिनुभयो । समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त हुनुभएको छ । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त हुनुभएको छ । यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त हुनुभएको छ । समितिको सदस्यमा शशिरा शाही, धीरेन्द्र थापा, भीम थारु र हिमालय स्वाँर नियुक्त हुनुभएको छ । मन्त्रालयका सचिव रेग्मीका अनुसार यी अस्पतालमा करिब एक वर्षदेखि व्यवस्थापन समितिका पद रिक्त रहेका थिए । सुदूरपश्चिम प्रदेश अस्पताल व्यवस्थापन गठन आदेशअनुसार मन्त्रिस्तरीय निर्णयबाट समितिका पदाधिकारी नियुक्त गरिएका हुन् । अब प्रदेशका विभिन्न छ जिल्ला अस्पताल, टीकापुर अस्पताल र महाकाली प्रदेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया