ब्रेन इन्जुरीबाट बाँचेका बेलायतीहरूको कथामा आधारित द एभरेस्ट ड्रीम प्रदर्शन हुँदै
काठमाडौँ, २ चैत : मस्तिष्कमा गम्भीर चोट भएका संयुक्त अधिराज्य बेलायतस्थित स्कटल्यान्डका सातजनाले सगरमाथा आधार शिविरसम्म गरेको पदयात्रामा आधारित वृत्तचित्र ‘द एभरेष्ट ड्रीम’ प्रदर्शन हुने भएको छ । अन्तरराष्ट्रिय फिल्म महोत्सवको अवसर पारेर यही चैत २२ गते सो वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको सो वृत्तचित्रका निर्देशक एवं पत्रकार गणेश पाण्डेले जानकारी दिनुभयो । नेपालमा प्रदर्शन भएपछि अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा पनि प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक पाण्डेले बताउनुभयो । करिब डेढ वर्ष लगाएर तयार पारिएको सो वृत्तचित्र निर्माणमा एसोसियट निर्माता शारदा गैरे, छायाङ्कार सुरेश श्रेष्ठ र नीरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरे छन् । ‘द लिटिल शेर्पा फाउन्डेसन’का जेम्स ल्याम्बको नेतृत्वमा ‘ट्रमाटिक ब्रेन इन्जुरी’को समस्या झेलिरहेका पाँच जनाका परिवारसहित सात जनाको स्कटल्यान्डदेखि काठमाडौँ हुँदै खुम्बु क्षेत्रमा पर्ने सगरमाथा आधारशिविरसम्मको कठिन र प्रेरणादायी यात्रा वृत्तचित्रमा समावेश गरिएको छ । ‘लिटिल शेर्पा फाउन्डेसन’को सहकार्यमा गोरखा भूकम्पसम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’, बहुपति प्रथामाथि आधारित ‘को–हजबेण्ड’लगायत निर्माण गर्नुभएका पाण्डेले ‘द एभरेष्ट ड्रीम’ पनि निर्देशन गर्नुभएको हो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया