Techie IT
  • बिहीबार, वैशाख १०, २०८३ / Thursday, April 23, 2026
गृहपृष्ठसमाचारसुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो


काठमाडौँ, ५ चैतः स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको छ । हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको थियो । गत मङ्गलवार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



तपाईको प्रतिक्रिया