चितवन, ५ चैतः चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन् । गत आर्थिक वर्षमा गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही नदीमा छाडिएका थिए । केन्द्रमा हुर्काइएका गोहीमध्ये हालसम्म दुई हजार २८० गोही विभिन्न नदीमा छाडिएका छन् । कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारायणी नदीमा ४१९, राप्ती नदीमा एक हजार ५२५, कालीगण्डकी नदीमा ३५, सप्तकोसीमा १०५ र कर्णालीमा ४१ वटा गोही छाडिएका छन् । त्यसैगरी बबइ नदीमा ११०, चौधर नदीमा २५ र बाँकेको पश्चिम राप्ती नदीमा १० वटा गोही छाडिएको उहाँले जानकारी दिनुभयो । हाल निकुञ्जको प्रजनन केन्द्रमा ५९८ वटा गोही छन् । झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाइने नदीमा राप्ती पर्दछ । गोही छाडिएका नदी किनारमा अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा ह्याचिङ गरेर चल्ला निकाल्ने गरिन्छ । तीनै चल्ला हुर्काएर नदीमा छाड्ने गरिएको हो । नदीमा छाडिएका बच्चा न्यून सङ्ख्यामा हुर्किएको पाइन्छ भने धेरै बगेर भारत पुग्ने गर्दछन् । कतिपय जालमा परेर र सिकारीको आक्रमणमा पर्ने गर्दछन् । नदी प्रदूषणका कारण पनि गोही उच्च जोखिममा पर्ने गरेको छ ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया