न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाशीश मल्ल
भक्तपुर, ६ चैत : सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नेपाल बार एसोसियन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । आजदेखि यहाँ सुरु भएको नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ न्यायाधीश मल्लले न्यायपालिकाको सुदृढीकरणमा हातेमालो गर्दै अगाडि जानुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायको क्षेत्रमा महिला अझै पछि परेको उल्लेख गर्नुभयो । महिलामाथि हुने मानसिक तथा शारीरिक हिंसाको अन्त्य आवश्यक रहेको बताउँदै उहाँले यसलाई रोक्न कडाइका साथ कानुन कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । महिलालाई कानुनका बारेमा जानकारी नहुँदा न्याय पाउन ढिलो हुने गरेको उल्लेख गर्दै उहाँले न्यायका लागि महिलालाई कानुनी चेतनाका अभियान अगाडि सार्नुपर्ने आँैल्याउनुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसन, न्याय परिषद्का सदस्यहरू, विभिन्न जिल्ला अदालतका न्यायाधीशहरू, विशेष अदालत बार एसोसिएनका प्रतिनिधि, कानुन व्यवसायी महिलाका प्रतिनिधि एवं पदाधिकारीले महिलाको सहभागिता रहेको थियो । सहभागीले हिंसा अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उत्कृष्ट महिला कानुन व्यवसायीलाई सम्मानसमेत गरिएको छ । शनिबारसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा ७७ वटै जिल्लाबाट ७०० प्रतिनिधिको सहभागिता रहेको र आज विभिन्न प्रतिवेदनमाथि छलफल गरी भोलि घोषणापत्र सार्वजनिक गरिने कार्यक्रमकी सभापति एवं अध्यक्ष सरस्वती श्रेष्ठले बताउनुभयो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया