मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
म्याग्दी, ८ चैत : यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले शनिबार दुईवटै भवनको उद्घाटन गर्नुभयो । भूकम्पप्रतिरोधी क्षमताका दुई /दुईतले दुईवटै भवन अपाङ्गमैत्री छन् । ती भवन निर्माणमा रु एक करोड ७४ लाख खर्च भएको छ । दुईतले सातकोठे स्वास्थ्यचौकीको भवन निर्माणमा रु ८९ लाख ६८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यचौकीको भुइँ तलामा उपचार, औषधि भण्डारण, प्रशासन, स्वाथ्यकर्मीको कार्यकक्ष छन् । पहिलो तलामा स्वास्थ्यकर्मीहरूको आवासका लागि दुईवटा कोठा छन् । स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ । यसअघि वडा कार्यालय र स्वास्थ्यचौकी एउटै साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो । सभाहलसहितको दुईतले वडा कार्यालयको भवन निर्माणका लागि भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । यसअघि बुद्धिविकास माविको पुरानो कक्षा कोठा भवनबाट वडा कार्यालय सञ्चालन गरिएको छ । वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । उद्घाटन समारोहमा जग्गादातालाई सम्मान गरिएको छ । भुइँतलामा शौचालय, सयनकक्ष र चारवटा कोठा रहेको भवनको माथिल्लो तलामा सभाहल बनाइएको छ । धवलागिरि गाउँपालिकाले यसअघि लुलाङको लमसुङ, ताकम, मराङ र मल्कवाङमा वडा कार्यालय भवन निर्माण गरिसकेको अध्यक्ष पुनले बताउनुभयो । साविक मुना गाविसको भवनबाट सञ्चालन भइरहेको गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । गुर्जाबाहेकका वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् । धवलागिरि गाउँपालिकाले वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको उपाध्यक्ष पुनमगरले बताउनुभयो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् । वडा नं २, ५ र ६ मा रहेका स्वास्थ्यचौकीमा यसअघि नै भवन निर्माण भएका थिए ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया