राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
चितवन, ८ चैत : चितवन राष्ट्रिय निकुञ्जले विभिन्न मुद्दाका गत साउनदेखि हालसम्म १२८ जनालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो । यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पक्राउ गरी कारबाही गरिएको हो । यस अवधिमा कार्यालयले विभिन्न चार किसिमका मुद्दा अदातलमा दर्ता गराएको छ । सालकसम्बन्धी मुद्दा दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते मुद्दा एउटा, गैँडालाई करेन्ट लगाएर मारेको एउटा मुद्दा अदातलमा दर्ता गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जले यस आर्थिक वर्षमा नौवटा मुद्दा फैसला गरेको छ । उहाँका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका २६ र यस वर्ष दर्ता भएको एउटा मुद्दामध्ये नौवटाको फैसला भएको छ । अहिले १८ मुद्दा चालु अवस्थामा छ । चालु अवस्थामा रहेका मुद्दामध्ये सातवटा वनसम्बन्धी मुद्दा र ११ वटा मुद्दा वन्यजन्तुसँग सम्बन्धित छन् ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया