नीतिगत सुधार, सेवा प्रवाह र सामाजिक न्यायमा महत्वपूर्ण उपलब्धि
काठमाडौँ, ८ चैतः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आफ्नो कार्यकालको १०० दिने प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । उहाँले कार्यकाल सुरु भएको मङ्सिर २६ गतेदेखि चैत ८ गतेसम्मको उपलब्धि सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार करिब १०० दिनको अवधिमा नीतिगत, संरचनागत तथा सेवा प्रवाह सुधारका महत्वपूर्ण प्रयास सुरु भएका छन् । सो अवधिमा मन्त्रालयले समावेशी शासन, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरेको छ । नीतिगत सुधार र संस्थागत सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र लक्षित उपलब्धि, अन्तरराष्ट्रिय कार्यालयमा सहभागिता र कुटनीतिक भेटघाट, निर्वाचन केन्द्रित समन्वय तथा सहभागिता अभिवृद्धि, सेवा÷सहायता सामग्री वितरण, अनुगमन तथा मूल्याङ्कन, तथ्याङ्क प्रणाली सुदृढीकरणलगायत उपलब्धि मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । यस अवधिमा मन्त्रालयले नीतिनिर्माण र सुधारलाई प्राथमिकता दिएको छ । मानव बेचबिखन तथा ओसारप्रसार(नियन्त्रण) (दोस्रो संशोधन)नियमावली, २०८२ को मस्यौदा तथा राष्ट्रिय बालबालिका नीति २०८० कार्यान्वयनको कार्ययोजनाको मस्यौदा तयार भएको छ । यसैगरी लैङ्गिक हिंसा सम्बोधन गर्न लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तथा मर्यादित महिनावारीसम्बन्धी निर्देशिकाको मस्यौदा तयार भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार नुवाकोटमा बालसुधार गृह स्थापना गरिएको छ । यसैगरी भक्तपुरमा निजामती कर्मचारीका शिशुका लागि दिवा शिशु स्याहार स्थापना गर्ने निर्णय भएको छ । मन्त्रालयलाई अपाङ्गता भएका व्यक्तिको विविधता सम्बोधन गर्ने गरी सुरुआती चरणमा दृष्टिविहीन व्यक्तिको पहुँच सुनिश्चित गर्न पहिलो पटक ब्रेल एमबोस गरिएको बोर्ड तथा भिजिटिङ कार्ड प्रयोगमा ल्याइएको छ । समाज कल्याण परिषद्को कामकारबाहीलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन ‘डिजिटल सेवा प्रवाह प्रणाली’ शुभारम्भ गरिएको छ । जेनजी आन्दोलनमा घाइते तथा प्रभावितहरुसँग निरन्तर छलफल भेटघाट तथा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सशक्तीकरणका कार्यक्रमा समेट्ने गरी प्रतिबद्धता गरिएको छ । तथ्याङ्क प्रणाली सुदृढीकरण गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग समबन्धित ७६ जिल्लाको डाटाबेस बनाइएको छ । प्रतिवेदनमा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यक्षेत्रका विषयमा दीर्घकालीन सुधारका लागि कानुनी सुधार गर्न लामो प्रक्रिया र समय लाग्ने समस्या उल्लेख गर्नुभएको छ । मन्त्रालयले छोटो अवधिमा निर्वाचन केन्द्रित रहँदै विभिन्न नीतिगत सुधार, संस्थागत सुदृढीकरण र प्रत्यक्ष सेवा सुधारका लागि महत्वपूर्ण पहलहरु अघि बढाएको मन्त्री श्रेष्ठले सार्वजनिक गर्नुभएको प्रगति विवरणमा उल्लेख छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया