म्याग्दी, ९ चैत : बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हँुदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फरालिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो । विसं २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ मार्ग खुलेको थियो । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडकको मङ्गलाघाट पारीको भीर बाहेकको क्षेत्रमा दुई वर्षअघि नै कालोपत्र भइसकेको छ । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताउनुभयो । “साँघुरो, खाल्डाखुल्डी भएको सडकमा वर्खामा पानी र हिलो जमेर आवतजावतमा असहज भएको थियो”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नति भएपछि २० मिनेटको यात्राअवधी पाँच मिनेटमा छोटिएको छ ।” आयोजनाको हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान, नाली सफा, भत्किएको ठाउँमा मर्मत सुधारबाहेक ८० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि नीरज भण्डारीले बताउनुभयो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजना निर्माणका लागि विसं २०८१ जेठ महिनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छ्रे« हिमालयन जेभीसँग ठेक्का सम्झौता गरेको थियो । यस सडक स्तरोन्नतिका लागि १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो । यो योजनाबाट बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेल भएपछि आवतजावत सहज, यात्रा अवधि छोटिएको कोप्रेका बासिन्दा ओमबहादुर घर्तीमगरले बताउनुभयो । दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गर्न बाँकी छ । यही चैत महिनासम्म ठेक्काको म्याद रहे पनि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काम गर्न समस्या भएको निर्माण व्यवसायी भण्डारीले बताउनुभयो । बागलुङको ताराखोला र काठेखोला गाउँपालिका जोडिने यो सडक बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ का बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया