काठमाडौँ, १२ चैतः यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव ५६, लगानी शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन एक दशमलव ५०, लघुवित्त शून्य दशमलव २०, निर्जीवन बिमा शून्य दशमलव ४३ र अन्य समूह शून्य दशमलव ६५ प्रतिशतले बढेका छन् । आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ९४ करोड २९ लाख ८० हजार ४६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया