राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता
काठमाडौँ, १७ चैतः राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रयोगशालाको सिङ्गो टोलीको तीन वर्षको अथक मेहनतका कारण प्रयोगशालाले आइएसओ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट प्राप्त गर्नका लागि व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेका छौँ ।” नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन र गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ । औषधि व्यवस्था विभागबाट प्राप्त नमूनाहरु, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकाय र संस्थाबाट प्राप्त नमूना र अन्य औषधि परीक्षण गर्ने तथा निजी प्रयोगशालाको गुणस्तर जाँच गर्ने काम प्रयोगशालाले गर्दै आएको छ । त्यसैगरी, प्रयोगशालाले नियमनको लेखापरीक्षण गर्ने, स्वदेशमा उत्पादित, वितरित एवं विदेशबाट आयात हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण गर्ने, विश्लेषण विधि पुष्टि गर्ने सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण गर्ने र कुशल प्रयोगशाला अभ्यासहरुको निरीक्षण लेखापरीक्षण गर्दै आएको छ । औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको नेपाल औषधि अनुसन्धानशाला, औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने सरकारको प्रमुख अङ्गका रुपमा रहेको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया