सोमबारदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान
काठमाडौँ, २६ वैशाखः आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो ।
सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न र सरसफाइसम्बन्धी आचारण विकास गर्न सरसफाइ सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो । सप्ताह सञ्चालन गर्न सबै सङ्घ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट सरसफाइ सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरिएको उहाँले बताउनुभयो ।
सरसफाइ सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्ने छ । कार्यालय सरसफाइ मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिकस्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया