बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग
महेन्द्रनगर, ३१ वैशाखः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना गरिरहका छन् । स्थानीय मेनका सिंहले आर्थिक अवस्था कमजोर रहेका राना बाबुछोराको जीवन रक्षाका लागि सहयोग अभियान सञ्चालन गरिएको बताउनुभयो ।
बुबा–छोरा जटिल स्वास्थ्य समस्याबाट ग्रसित भएपछि परिवारको बिचल्ली हुने अवस्था उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “दुवै जनाको जीवन बचाउन सकिने आशाले सबैसित सहयोगको अपेक्षा गरेर अभियान सुरु गरेका छौँ ।” शुक्लाफाँटा नगरपालिका–१ का वडासदस्य दीनाराम रानाले बुबाछोराको उपचारमा सहयोग गर्न गाउँमा सबैसित आग्रह गरिएको बताउनुभयो ।
बुबा महेन्द्र राना विगत छ÷सात महिनादेखि दुवै मिर्गाैला खराब भएर धनगढीमा उपचाररत हुनुहुन्छ । यहीबीचमा गत फागुनमा छोरा रोहितलाई पनि ब्लड क्यान्सर जस्तो समस्या देखिएपछि हाल काठमाडाँैमा उपचार हँुदैछ”, उहाँले भन्नुभयो । वडासदस्य रानाले परिवारका अन्य सदस्यले उपचार खर्च धान्न सक्ने अवस्था नरहेकाले दुवै जनाको ज्यान जोगाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया