सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन
काठमाडौँ, ५ जेठः विश्वका विभिन्न देशका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँमा यही जेठ १२ देखि १५ गतेसम्म हुँदैछ । ‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषय सम्मेलन सहभागी हुन काठमाडौँमा ४० देशका पशुपालक तथा खुला चरन क्षेत्रमा गरिने पशुपालन (¥यान्च) सञ्चालन गर्ने महिलाहरू सहभागी हुनेछन् ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रमुख आयोजनामा हुन लागेको यो सम्मेलन अन्तरराष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ अन्तर्गत हुने पहिलो ठूला विश्वव्यापी कार्यक्रमहरूमध्ये एक हो । कार्यक्रमको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु हो ।
यस भेलाको मुख्य विषय ‘मेरा घोषणापत्र’लाई पुनः समीक्षा गर्नु रहेको इसिमोडले जनाएको छ । यो घोषणापत्र सन् २०१० मा भारतको ‘मेरा’ क्षेत्रमा आयोजित विश्व भेलामा पशुपालक महिलाहरूले तयार पारेको महत्वपूर्ण राजनीतिक दस्तावेज हो । यस घोषणापत्रले लैङ्गिक समानता, पशुपालक अधिकार र वातावरण संरक्षणको पक्षमा आवाज उठाउँछ ।
आज पनि यो दस्तावेज पशुपालक महिलाहरूको विश्वव्यापी अभियानका लागि महत्वपूर्ण मानिन्छ । पशुपालक महिला तथा बालिकाहरूले चरनभूमिको संरक्षण गर्न र खाद्य तथा रेशा उत्पादनलाई टिकाइराख्न महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरू पृथ्वीको लगभग आधा भूभागको संरक्षणमा प्रत्यक्ष रूपमा संलग्न छन् ।
तर, उनीहरूको योगदानलाई अझै पर्याप्त मान्यता दिइएको छैन । धेरै महिलाहरू सुरक्षित भूमिअधिकारको अभाव, जलवायु परिवर्तनको बढी असर तथा नीति निर्माण र निर्णय प्रक्रियाबाट बाहिर राखिने समस्यासँग जुधिरहेका छन् । यस भेलाले उनीहरूको आवाजलाई बलियो बनाउने, उनीहरूको कामलाई सहयोग गर्ने र स्थानीयदेखि विश्वस्तरसम्म निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको इसिमोडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहभागीहरूले भूमिअधिकार, आर्थिक आत्मनिर्भरता, परम्परागत ज्ञान, चरनभूमि पुनःस्थापना, जैविक विविधता संरक्षण, शिक्षा, स्वास्थ्य तथा जलवायु सहनशीलतासम्बन्धी अनुभव साटासाट गर्ने बताईएको छ । कार्यक्रममा पशुपालक महिलाहरूको विश्वव्यापी सञ्जाल निर्माण गर्ने र साझा नीतिगत एजेन्डा तयार गर्ने विषयमा पनि छलफल हुनेछ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया