रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौं डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको हो । सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढाएको रुसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढाउन दबाब दिँदै आएको छ । तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रुचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी राज्य सञ्चारमाध्यमले जनाएअनुसार दुवै पक्षबीच पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे ‘आधारभूत समझदारी’ बनेको छ । यद्यपि स्पष्ट समयसीमा तय नभएको र केही प्राविधिक तथा व्यावसायिक विषयमा अझै छलफल बाँकी रहेको उहाँले बताउनुभएको छ । पुटिन–सी वार्तापछि सार्वजनिक गरिएको सम्झौताहरूको सूचीमा भने उक्त ग्यास पाइपलाइन परियोजनाको औपचारिक उल्लेख गरिएको छैन, जसले परियोजनाको तत्काल भविष्यबारे अनिश्चितता कायम रहेको सङ्केत गरेको छ । यो प्रस्तावित पाइपलाइनले वार्षिक करिब ५० अर्ब घनमिटर ग्यास चीनतर्फ आपूर्ति गर्ने लक्ष्य राखिएको छ । रुसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यो परियोजनाले युरोपतर्फ घटेको ऊर्जा निर्यातको विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ । प्रस्तावित मार्गअनुसार पाइपलाइन उत्तरी साइबेरियाको यमाल प्रायद्वीपबाट सुरु भई मङ्गोलिया हुँदै चीनसम्म करिब दुई हजार ६०० किलोमिटर (एक हजार ६०० माइल) दूरी तय गर्नेछ । विश्लेषकहरूका अनुसार रुसले मध्यपूर्व सङ्कट र ऊर्जा बजारको अस्थिरतालाई अवसरका रूपमा प्रयोग गर्दै यो परियोजनामा प्रगति गराउने प्रयास गरेको हो । तर चीनले भने ऊर्जा स्रोत विविधीकरण र मूल्य–सुरक्षासम्बन्धी कारण देखाउँदै यसप्रति अपेक्षाकृत कम उत्साह देखाएको बताइएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया