सामुदायिक रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छः सञ्चारमन्त्री
पाटन (ललितपुर), ९ जेठः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जको ३०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधिमैत्री भएर जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।
मन्त्री डा तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकाना व्यक्त गर्नुभयो ।
रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षताको मानक भएको तथ्य तीन दशकदेखि देखाइरहेका, पढाइरहेको छ । अहिले अधिकांश सञ्चारमाध्यमले सङ्घर्ष गरिरहनुपरेको छ । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछु”, मन्त्री डा तिमल्सिनाले भन्नुभयो, ।
उहाँले लोककल्याणकारी विज्ञापनमा राज्यले रु ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताउनुभयो । “सञ्चारमध्यमले पाउनुपर्ने विज्ञापन पाउन सकेका छैनन्, यसका लागि श्रमजीवी पत्रकारले आवाज उठाउनुपर्छ । सरकारलाई बुझाएको कर सदुपयोग हुनुपर्छ, लोककल्याणकारी विज्ञापनको दुरुपयोग भएको भए सोको उचित हिसाब हुन्छ ।
जनताको इच्छा र अपेक्षाअनुसारको सञ्चारका लागि लोककल्याणकारी विज्ञापन खर्च हुनुपर्छ”, सञ्चरमन्त्री डा तिमल्सिनाले भन्नुभयो । उहाँले आफूले २०६० सालदेखि २०७० सालसम्म रेडियो सगरमाथामा नियमित सेवा गरेको स्मरण गर्दै मन्त्री हुनुको आधार रेडियो सगरमाथा रहेको धारणा राख्नुभयो ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तेइले ३० वर्षको यो यात्रामा रेडियो सगरमाथाले समुदायको आवाजलाई बुलन्द बनाउन सहयोग गरेको भन्दै नागरिकको आवाजलाई उजागर गर्न सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।
युनेस्कोले सामुदायिक रेडियोहरूका लागि कार्यक्रम र फेलोसिपहरू प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्कीले रेडियो सगरमाथा र वातावरण पत्रकार समूह एकअर्काका सारथी रहेका बताउँदै दुवै संस्थाको सहकार्य र समन्वयबाट प्रभावकारी र सकारात्मक सञ्चार प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रेडियो सगरमाथाका सञ्चालक समितिका अध्यक्ष डा घमराज लुइँटेलले रेडियो सगरमाथा स्वतन्त्र सञ्चारमाध्यम तथा अभिव्यक्ति स्वतन्त्रताको इतिहास भएको बताउँदै स्वतन्त्र र सामुदायिक भावनालाई उजागर गर्ने रेडियोलाई सरकारले अनुदान दिएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
रेडियो सगरमाथाका स्टेसन म्यानेजन उर्वशी बस्नेतले सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राखेर तीन दशकदेखि निरन्तर काम गर्दै आएको जानकारी गराउँदै लोकतन्त्र, समृद्धि र सामुदायिक उत्तरदायित्वको यात्रामा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवाका रूपमा रेडियो सगरमाथाको सुभारम्भ विसं २०५४ जेठ ९ गतेदेखि सञ्चालन भएको थियो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया