भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
सिद्धार्थनगर (भैरहवा), ९ जेठः सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गर्नुभएको छ । यहाँ आयोजित ‘भैरहवा सहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताउनुभयो ।
बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राख्नुभयो । होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्षसमेत रहेका उहाँले आगामी बजेट तथा कार्यक्रममा भैरहवालाई पर्यटकीय सहरका रूपमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
स्थलमार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका भैरहवामै पर्दछ । बेलहिया र भैरहवाबाट नेपालका विभिन्न स्थानमा सिधा बस सेवा सञ्चालन हुँदै आएको छ सिद्धार्थ यातायात र पश्चिम नेपाल बस समितिले सञ्चालन गरेका सयौँ बसले दैनिक सेवा दिइरहेका छन् । बहसमा सहभागीहरुले पर्यटकीयस्तरका होटल, स्पा, क्यासिनो, क्लब तथा पर्यटकीय रेष्टुराँ पर्याप्त रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानमा आन्तरिक उडान विस्तार गर्न नगर सरकारले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
निर्माण व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले भैरहवालाई सुन्दर र पर्यटकीय सहरका रूपमा विकास गर्न निर्माण व्यवसायीले पूर्ण साथ दिने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले गरेको कामको ठूलो रकम अझै भुक्तानी नपाए पनि भैरहवालाई पर्यटकीय र व्यवस्थित सहर बनाउन सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिमबहादुर खत्रीले भैरहवाको व्यापार र पर्यटनमैत्री वातावरणलाई थप व्यवस्थित बनाउन नगर सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया