Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारक्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित

क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावटका कारण हजारौँ विस्तापित


अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ । ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट जनाइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो । अग्निन नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका थिए ।

ट्याङ्कीमा निरन्तर चुवावट भएमा त्यस क्षेत्रको पार्किङ स्थलमा उक्त खराब रसायनहरू छरिने वा उड्ने सम्भावना रहेको हुँदा यसले वरपरका ईन्धन वा रसायनहरू भएका ट्याङ्कीहरूलाई असर गर्ने जनाइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा यो घटना भएको हो ।

गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेश जारी गरी करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताउनु भएको छ । स्थानीय टिभीले खिचेको हवाई फुटेजमा ट्याङ्कीमा पानी छर्किरहेको देखाइएको छ ।

भने ट्याङ्की चिसो पार्ने प्रयास सफल भएको बताइएको छ । हाल ६१ डिग्रीको तापक्रममा झरेको छ भने ५० डिग्रीमा झरे पछि यसको अवस्था सहज भएको मानिने छ त्यसैले हाल सम्मका प्रयासहरू सफल भइरहेको जनाइएको छ । स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले ट्याङ्की वरपरको प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाइ रहेको बताउनु भएको छ ।

उहाँले विस्पोट र गन्ध थाहा पाउने जो कोहीलाई पनि सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन अपील गर्नु भएको छ । शुक्रबार सम्म कोहि प्रभावित तथगा घाइते भएको रिपोर्ट गरिएको छैन भने चुहावटको कारण पनि अनुमान गर्न नसकिएको जानाइएको छ । रासायनिक फैलावटको लागि आवाश्यक पूर्व तयारी गरिरहेको बताइएको छ । हावा र समुद्रमा समाहित हुने नदीहरूमा पुग्नबाट कुनै पनि छरिएको सामग्रीलाई रोक्न रोकथाम अवरोधहरू कायम राख्ने काम गरिरहेको अधिकारीहरुले जनाएका छन् ।



तपाईको प्रतिक्रिया