हुरीबतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
जुम्ला, १० जेठः जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ ।
छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । शुक्रबार साँझा आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको वडाध्यक्ष रावतको भनाइ छ । विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताउनुभयो । हुरीबतासले विद्यालयको छानो उडाएपछि आगामी दिनमा नियमित कक्षा सञ्चालनमा थप समस्या हुने भएको छ ।
विद्यालयमा करिब रु १० लाखबराबरको क्षति पुगेको प्रधानाध्यापक बुढाको भनाइ छ । स्थानीय समुदाय, अभिभावक र श्रमदानबाट निर्माण गरिएको विद्यालय क्षतिग्रस्त भएपछि विद्यालय व्यवस्थापनले पुनर्निर्माणका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरेको विद्यालयले जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया