एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान
भोजपुर, १० जेठः यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो ।
साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताउनुभयो ।
यसले विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उहाँले धारणा राख्नुभयो । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले विद्यार्थीमा सकारात्मक प्रेरणा फैलाउँदै लगनशीलताको विकासमा हौसला प्रदान गर्न ल्यापटप वितरण गरिएको बताउनुभयो । उहाँले शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
गाउँपालिकाले पछिल्ला वर्षहरूमा विद्यालयको शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण प्रणाली, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा शिक्षक क्षमता विकासजस्ता क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया