आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
झापा, ७ असारः मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’को झापा शाखा आफन्तको साथ टुटेर सडकमा पुगेका ४० भन्दा बढी असहायका लागि दर्बिलो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उहाँका दुई पत्नी सोही आश्रममा बस्नुहुन्छ । दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम डेढ वर्षअघि उद्घाटन भएको हो । दानबाट बनेको आश्रममा असहायका लागि सुविधाजनक आवासगृह छ । त्यहाँ १९ वर्षका युवादेखि ९९ वर्षसम्म पाकासम्मले आश्रय पाउनुभएको छ । आश्रमका लागि रु १० करोडभन्दा बढी मूल्य पर्ने दुई बिघा पाँच कट्ठा जग्गा रामबहादुर प्रधान, उहाँका पत्नी लक्ष्मी र पूर्णमायाले दान गर्नुभएको हो । दाता दम्पतीका सन्तान छैनन् । प्रधान दम्पतीले आफ्नो नाममा अलिकति सम्पत्तिसमेत बाँकी नराखी आश्रमलाई सर्वस्व दान गर्नुभएको हो ।
जग्गा र घर दुवै दान गरेर आफू आश्रममै बस्न सहमत हुने प्रधान दम्पतीजस्तो दाताको उदाहरण अन्यत्र पाउन मुश्किल हुने आश्रमका अभिभावक एवं साविक बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी बताउनुहुन्छ । दानवीर रामबहादुर अहिले ८२ वर्षको हुनुभयो भने उहाँका पत्नीहरू लक्ष्मी ७८ वर्ष र पूर्णमाया ६१ वर्षको हुनुहुन्छ । आश्रम परिसरकै एउटा छेउमा प्रधान दम्पतीका लागि टिनको छानो, इँटाको गारो, बिजुली र खानेपानीको सुविधा भएको भुइँतले एउटा सानो घर आश्रमले निर्माण गरिदिएको छ ।
दाता दम्पतीको आजीवन भरणपोषणको दायित्व आश्रमले लिएको मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले बताउनुभयो । अभिभावकका रूपमा प्रधान दम्पतीलाई आश्रमले संरक्षण, औषधोपचार र हेरचाह गर्दै आएको छ । विसं २०३२ मा दोलखा जिल्लाबाट प्रधान परिवार झापाको मेचीनगर–४ बाहुनडाँगीमा बसाइँ सर्ने क्रममा यहाँ आइपुगेको हो । दुई बिघा पाँच कट्ठा जग्गा खरिद गरेर रामबहादुरले घर बनाउनुभएको थियो । दुवै पत्नीबाट सन्तान नभएपछि पारिवारिक सहमतिमा सबै जग्गा र घर मानव सेवा आश्रमलाई दान दिएको दाता रामबहादुर प्रधानले बताउनुभयो ।
सन्तान नभएपछि रामबहादुर र उहाँका दुवै पत्नीलाई बुढेसकालमा कसले रेखदेख गर्ला र यत्रो सम्पत्ति कसले संरक्षण गर्ला भन्ने चिन्ताले सताउन थालेको बेला स्थानीय व्यवसायी मोहन कटुवालले दाता खोजिरहेको मानव सेवा आश्रमका प्रतिनिधिसँग भेट गराइदिनुभएको थियो । मानव सेवा आश्रमको उद्देश्य राम्रो लागेपछि प्रधान दम्पती सर्वस्व दान गर्न सहमत भएका थिए । “सन्तान नभएर के भयो र ?” जग्गादाता रामबहादुर प्रधान भन्नुहुन्छ, “घरबारविहीन भएर अलपत्र परेका थुप्रै सन्तानका बीचमा हाँसीखुसी रमाउन पाइरहेका छौँ । आखिर यही आश्रमले हामीलाई आनन्दपूर्वक पालिरहेको छ । भएको सबै सम्पत्ति आश्रमलाई दिनुपर्दा कुनै दुःख छैन ।”
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया