सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
रौतहट, ७ असारः सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा फसेका १४ जना स्थानीय महिला तथा बालिकाको सकुसल उद्धार गरेको छ । आइतबार अपराह्न ३ः४० बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदीस्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका ११ महिला एवं तीन बालिका गरी १४ जनाको प्रहरीले सकुशल उद्धार गरको हो ।
सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा खटिएको १७ जनाको टोलीले रवरको डुङ्गा प्रयोग गरी नदीमा फसेका सबैको उद्धार गरेको सशस्त्र प्र्रहरी बेसक्याम्प गौरका प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिनुभयो ।
उद्धार गरिएका सबैलाई उनीहरूको घरसम्म पुर्याएको सशस्त्र प्रहरीले बताएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया