फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
काठमाडौँ, ९ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो ।
नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे । यता सेनेगलका लागि भने इस्माइला सारले दुई गोल गरे । खेलको ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए । त्यस्तै नर्वेका अर्का खेलाडी एर्लिङले खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि खेलको ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता तेब्बर बनाए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किन कोसिस गरेपनि सफल हुन सकेनन ।
त्यसपछि खेलमा गोल हुन सकेन र नर्वेले सेनेगलमाथि ३–२ गोलको जित निकाल्यो । यस जितसँगै नर्वे छ अङ्कसहित समूह ‘आइ’ को दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।
दुवै खेलमा पराजित भएका सेनेगल र इराक अङ्कविहीन छन् । आज बिहान सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणामा प्रवेश गरेको थियो । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया