डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
जुम्ला, १० असारः डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट रु चार लाख ७५ हजार ५८१, अन्य प्रशासनिक सेवाशुल्कबापत रु नौ हजार १७५ र अन्य आयमार्फत रु ५९ लाख ६३ हजार १५० राजस्व सङ्कलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिनुभयो । कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ ।
वन डढेलो नियन्त्रण नौ पटक, स्वचालित हाते आरा सूचीकृत एक वटा, फर्निचर उद्योग अनुगमन नियमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण सङ्ख्या १९ रहेको वन अधिकृत रावलले जानकारी दिनुभयो । सोही अवधिमा करिब जिल्लाबाट ३१ लाख एक हजार ८१३ किलो जडीबुटी निकासी (छोडपुर्जी) भएको छ । जिल्लाभर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ ।
जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर काम भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो । जिल्लामा सामुदायिक वनको सङ्ख्या २०६ वटा छन् । एक सय २७ कबुलियती र छ वटा निजी वन रहेका छन् ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया