पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार बताउनु भएको छ । इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबीच इस्लामाबाद समझदारी पत्रमा हस्ताक्षर पछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पछि यो पहिलो बैठक भएको हो । दुबै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोरÞ्यादै वार्ता र कूटनीति मार्फत बाकी विषयको समाधानको महत्वलाई जोड दिएको प्रधानमन्त्री सरिफले पुष्टि गर्नु भएको छ ।
शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोरÞ्याउँदै उहाँले पाकिस्तानलाई मित्र राष्ट्र छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद दिनु भएको छ । दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरानबिचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया