उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
काठमाडौँ, ११ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताउनुभएको छ ।
नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उहाँले आगामी साउन ४ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुने बताउनुभयो । “नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष हाम्रो लागि विशेष छ । आगामी जुलाई २० मा हामी केवल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मात्र होइन, सद्भाव, पारस्परिक सम्मान र जनस्तरका सम्बन्धमा आधारित दीर्घकालीन मैत्रीका ७० वर्ष पूरा भएको अवसरसमेत मनाउँदैछौँ,” उहाँले भन्नुभयो ।
राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीमा आधारित लामो तथा मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा नेपाल–रुसबीचको मित्रता र सहकार्य अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया