Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारअर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै


अर्घाखाँची, १२ असारः डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ । व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो । कार्यालयको अगुवाइमा सामुदायिक वन, निजी जग्गा तथा अन्य उपयुक्त क्षेत्रमा रोपण सुरु भएको हो ।

किसानलाई कार्यालयले प्राविधिक परामर्श पनि दिने गरेको छ । वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुरखेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ । “कृषक तथा स्थानीयलाई यसतर्फ आकर्षित गरी उनीहरूको आय बढाउनु अभियानको उद्देश्य हो ।

उहाँले भन्नुभयो, “५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक तथा समूहलाई उनीहरूका घरमा नै बिरुवा पु¥याउने व्यवस्था मिलाइएको छ ।” सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगङ्गा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाका खन र मथुरालगायत क्षेत्रमा नर्सरीमा बिरुवा उत्पादन हुँदै आएको छ ।



तपाईको प्रतिक्रिया