दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौँ, १२ असारः नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा सङ्लग्न रहेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामी रहेका छन् । प्रहरीले उनीहरुलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतबाट लागुऔषध ल्याई सुनसरी, धनकुटा, इलाम, भोजपुरलगायतका स्थानमा बिक्री वितरण गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामी यसअघि कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी जेलबाट छुटेका व्यक्ति रहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया