साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग
काठमाडौँ, १३ असारः साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ । साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राडा भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।
पूर्वअध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिनुभयो । “धन हुनेको मन हुँदैन र मन हुनेको धन हुँदैन भन्ने गरिन्छ, तर रामप्रसाद जी यसको अपवाद बन्नुभएको छ, उहाँसँग धन र मन दुवै छ,” उहाँले भन्नुभयो । कार्यक्रममा बाल अस्पतालका परिकल्पनाकार एवम् अध्यक्ष प्राडा कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताउँदै सहयोग गरेकामा साहित्यकार कोेइरालाप्रति आभार व्यक्त गर्नुभयो ।
साहित्यकार कोइरालाले आफ्नो पुस्तक र जीवनको कमाइ समाजका लागि समर्पित गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कृति केवल सम्झना मात्र नभई आफ्नो हजुरआमा प्रतिको अगाध प्रेम, सामाजिक परिवेश र जीवनका उकाली–ओराली समेटिएको बताउनुभयो । वरिष्ठ साहित्कार प्रकाश सायमीले कोइरालाले आफ्नो जीवनको आत्मकथा लेख्दै गर्दा उपन्यास तयार गरेको बताउनुभयो । उहाँले कोइरालाको कृति मेरी, उनी र म आँसु नै आँसुले भरिएको संस्करण भएको बताउनुभयो ।
साहित्यकार कोइरालाले पहिलो संस्करण सन् २०२२को अप्रिलमा प्रकाशनमा आएको थियो । उहाँको पुस्तकको सफलताको शुभकामना पुस्तकमार्फत दिँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको उक्त कृति नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशको रोचक आख्यान भएको बताउनुभएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया