राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग
काठमाडौँ, १५ असार ः राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेद्भाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गर्नुभयो । सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउनुहुँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन, मधेस प्रदेशलगायत देशभर खानेपानी समस्या समाधान गरी एक घर एक खानेपानीको धारा व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया