Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठसमाचारधान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन


महेन्द्रनगर, १६ असारः मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा नहुँदा जिल्लाभरमा ४५ प्रतिशत रोपाइँ भएको छ । केन्द्रका प्रमुख धर्म साउँदले मनसुनमा भएको ढिलाइका कारण जिल्लामा रोपाइँ कम भएको बताउँदै जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जानकारी दिनुभयो ।

जिल्लाभर सिँचाइका सुविधा ३९ हेक्टर क्षेत्रफलमा रहे पनि अधिकांश कृषकले आकाशे पानीको भरमा धानखेती गर्नुपरेको छ । केन्द्रका प्रमुख साउँदले गत वर्षभन्दा यस वर्ष वर्षा कम हुँदा रोपाइँमा ढिलाइ भइरहेको बताउनुभयो । केही दिनयताको गर्मीका कारण किसानले जेनतेन खेतमा लगाएको धान पनि सुक्न थालेको छ ।

केन्द्रका अनुसार यहाँका अधिकांश किसानलाई बोरिङको पानी तान्न पनि समस्या भइरहेको छ । वर्षा नभएकाले जमिनमुनिको पानी पनि सुक्न थालेकाले बोरिङबाट तान्न पनि समस्या भइरहेको साउँदले बताउनुभयो । “जमिनमुनि पनि पानीको तह घटिरहेको छ”, उहाँले भन्नुभयो, “सिँचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाइरहेका छैनन् ।

असारको मध्य भइसक्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको नसकेको ज्ञान केन्द्रको भनाइ छ । कञ्चनपुरमा महाकाली सिँचाइ पहिलो र दोस्रो चरणअन्र्तगत भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको ११ हजार ६०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । त्यसैगरी, महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरका साथै कैलालीको मालाखेती क्षेत्रसम्म ३३ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित राष्ट्रिय गौरवको सिँचाइ आयोजना निमार्णाधीन छ ।



तपाईको प्रतिक्रिया