नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
काभ्रेपलाञ्चोक, १९ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को आज आयोजित ३१औँ दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, “सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।
नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुप¥यो ।” मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु नआत्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।” त्यस अवसरमा उहाँले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उपकुलपति प्रा डा ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा डा भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया