राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
काठमाडौँ, २५ असारः राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो ‘विधेयकलाई सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसअघि उहाँले सो विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नहरूमाथि जवाफ दिँदै मन्त्री डा वाग्लेले उत्पादनशील विषयमा ऋणको लगानी होस् भन्नेमा सरकार स्पष्ट भएकाले प्राप्त सुझावको कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो आठ वर्ष (खासगरी कोभिड–१९ पछि) मुलुकको ऋणको भार बढेको बताउँदै अर्थमन्त्री डा वाग्लेले आवश्यक काममा ऋण लिनुपर्ने र लिइने ऋणलाई सरकारले लिएका लक्ष्यहरू हासिल गर्न तथा विगतको ऋण तिर्न उपयोग गरिने बताउनुभयो । हाल करिव रु ३० खर्बको ऋण राज्यको भारमा रहेको जनाउँदै उहाँले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले समग्रमा यसको व्यवस्थापन गरिरहेको बताउनुभयो ।
छलफलमा सदस्यहरू मीनासिंह रखाल, सम्झना देवकोटा, रूक्मिणी कोइराला र सोमनाथ पोर्तेलले भाग लिनुभयो । उहाँहरूले ऋण उठाउनु मात्रै उपलब्धि नहुने भएकाले पारदर्शी वितरण र कृषि, ऊर्जालगायत क्षेत्रमा प्रत्यक्ष प्रतिफल देखाउन सक्नुपर्ने बताउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया