यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
कैलाली, २५ असारः कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रालिले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ । सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आज यहाँ एक कार्यक्रमको आयोजना गरी प्रालिले गाडी नम्बरसहितको चालक, सहचालक तथा परिचालकलाई परिचयपत्र र जर्सी वितरण गरेको हो । चालक, सहचालक र परिचालकको एउटै पहिचान झल्किने पोसाक उपलब्ध गराइएको सम्पूर्ण यातायात प्रालिले जनाएको छ ।
यसबाट यात्रुले टाढैबाट चालक तथा सहचालकलाई सहजै चिन्नसक्ने, सही सवारीसाधन पहिचान गर्नसक्ने र यात्रु सेवामा थप सहजता आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पद्मराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो व्यवस्था लागू गरिएको उल्लेख गर्नुभयो । यो व्यवस्थाले यात्रुलाई सही गाडी पहिचान गर्न सजिलो हुने, अनावश्यक अन्योल हट्ने तथा बसपार्कमा सक्रिय विचौलियाको चलखेल नियन्त्रणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पोसाकले चालक तथा सहचालकको जिम्मेवारी बोध बढाउनुका साथै आफ्नो पेसालाई सम्मानित र आकर्षक बनाउन मद्दत गर्नेछ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज कार्कीले चालकहरू नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने अग्रपङ्क्तिका सेवा प्रदायक भएकाले उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यो व्यवस्थापछि सडकमा यात्रु तानातान गर्ने, कमिसनको प्रलोभनमा यात्रु अलमल्याउने तथा अव्यवस्थित गतिविधिमा पनि कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
पोसाकले चालक तथा सहचालकको पहिचान स्पष्ट बनाउने भएकाले यात्रुको विश्वास बढ्ने र यातायात सेवा थप मर्यादित बन्ने उहाँको भनाइ छ । कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका पूर्वअध्यक्ष टेकराज जोशी, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक रमेशप्रसाद आचार्य, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक तथा परिचालकहरूको उपस्थिति थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया