ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
काठमाडौँ, २७ असारः बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताउनुभएको छ । ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचनका क्रममा उहाँले नेपालको पर्यटन क्षेत्रको विकासमा ठमेलको योगदान महत्वपूर्ण भएको बताउनुभयो । मन्त्री श्रेष्ठले बागमती प्रदेशले पर्यटन प्रवर्द्धन र पर्यटक पूर्वाधारको विकासका लागि आर्थिक वर्ष २०८३÷८४ का लागि चार अर्ब बजेट विनियोजन गरेको बताउनुभयो ।
उहाँले ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका कतिपय व्यवसायी घरभाडा समेत तिर्न नसक्ने अवस्थामा परेको उल्लेख गदै त्यस्ता व्यवसायीको पनि समस्याका लागि परिषद्ले काम गर्नुपर्ने उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिका–१६ की वडाअध्यक्ष रोजिना श्रेष्ठले सुरक्षित, व्यवस्थित र प्रविधियुक्त ठमेल निर्माणका लागि परिषद्ले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाललाई विश्वस्तरमा चिनाउनका लागि ठमेल क्षेत्रले सहयोग पु¥याउँदै आएको उहाँको भनाइ छ । नेपाल एसोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपाल आउने अधिकांश विदेशी पर्यटक ठमेल एकपटक आउने गरेको बताउँदै पछिल्लो समय ठमेल साँघुरो हुँदै गएको बताउनुभयो । हवाई क्षेत्रमा लगानी नबढ्दासम्म नेपालको पर्यटक क्षेत्रले गति लिन नसक्ने उहाँको भनाइ थियो । परिषद्का अध्यक्ष धु्रव अधिकारीले ठमेल क्षेत्रको विकासका लागि परिषद्ले व्यवसायी र घरधनीसँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।
उहाँले अन्तरराष्ट्रिय स्तरको रुपमा रहेको ठमेललाई सङ्घीय सरकारले विशेष योजना बनाएर विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, उपाध्यक्ष सहदेव धमला (विमल), महासचिव बद्री तिमल्सिनालगायतले ठमेल क्षेत्रलाई विशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विंस २०४८ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ५०० भन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध हुनुहन्छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया