दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ ।
नयाँ प्रणालीअनुसार, कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि मात्र भए पनि आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ । अधिकारीका अनुसार, दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको हो । कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी–सोनले पत्रकार सम्मेलनमा आइतबार बिहान १० बजे दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रभावित क्षेत्रमा सप्ताहन्तभर तापक्रमले आपतकालीन चेतावनी जारी गर्ने मापदण्ड पूरा गरेको थियो । “आपतकालीन हिटवेभ चेतावनीको अर्थ केवल मौसम अत्यधिक तातो हुनु मात्र होइन” लीले भन्नुभयो, “यसले स्वस्थ व्यक्तिलाई समेत गर्मीजन्य रोग वा मृत्युको उच्च जोखिम हुने अवस्था जनाउँछ ।” उहाँले आपतकालीन चेतावनी जारी भएका क्षेत्रमा बाहिरी गतिविधि तुरुन्त रोक्न, शीतल स्थानमा बस्न तथा बालबालिका वा घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारी साधनभित्र एक्लै नछोड्न आग्रह गर्नुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया