विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
भोजपुर, २८ असारः विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ ।
विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास भएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले बताउनुभयो ।
अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई परम्परागत संस्कृति, रहनसहन तथा वेशभूषाबारे ज्ञान दिने गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानले आधुनिक शिक्षासँगै संस्कार र संस्कृतिको संरक्षण पनि उत्तिकै आवश्यक भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
नयाँ पुस्तालाई सानै उमेरदेखि संस्कार र पहिचानबारे ज्ञान प्रदान गर्ने लक्ष्यका साथ विद्यालयले सांस्कृतिक शिक्षामा जोड दिएको उहाँले बताउनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया