साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा
वासिङ्टन डिसी (अमेरिका), २८ असारः अमेरिकामा बस्दै आउनुभएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’माथि समीक्षा गरिएको छ । दुई सय १३आँै भानुजयन्तीको अवसरमा ‘स्टार स्कलर्स नेटवर्क अमेरिका’ले आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सृजना गरेको बताउनुभयो । कार्यक्रममा मेरिल्याण्ड राज्यका राज्य सांसद डा हयारी भण्डारीले श्रीमती उपन्यासले नेपाल र प्रवासको बहुआयामिक पाटोको बारेमा समेटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उपन्यासमा विभिन्न पात्रहरुले सूदूरपश्चिमको जनजीवनलाई राम्रोसँग व्याख्या गर्दै स्थानीय भाषा, संस्कृतिको विषयमा चर्चा गरिएको छ । यो पुस्तकले जन्मभूमिमा भोगिने भोगाइ र त्यसपछि प्रवासमा भोगिने भोगाइलाई श्रीमती र श्रीमान्को सहकार्यमार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको छ ।” साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यास पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा उत्कृष्ट नमूना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उपन्यासकारले समाजको संरचनागत कार्यात्मकतालाई श्रीमती उपन्यासमा पात्रमार्फत बहुआयामिक पाटो खोतल्नुभएको छ ।” मोर्गन स्टेट युनिभर्सिटीका प्रा कृष्ण विष्टले उपन्यासकारले यस उपन्यासमार्फत समाजको संरचनामा श्रीमतीको भूमिकाबारे चर्चा गरेको बताउनुभयो । स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नुभएको थियो । पुस्तकका लेखक तथा साहित्यकार पाण्डेयले किताब प्रकाशनको बारेमा जानकारी दिनुभयो ।
अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, अर्जुन हमाल, दमन विक्रम शाहलगायतले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो । दोस्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ, स्वर्णिम त्रिपाठी, मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार, लेखक, कवि तथा साहित्यका अनुरागीको बाक्लो उपस्थिति रहेको थियो । श्रीमती उपन्यास सामाजिक विषयमा लेखिएको छ ।
यसका मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया, जापान हुँदै अमेरिका पुगेर बस्दा श्रीमान् र श्रीमतीबीच पारस्परिक सम्बन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । यसलाई ‘स्टार स्कलर्स’ले प्रकाशन गरेको हो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया