इलाम, २९ असारः निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन । “गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि बन्द भएको छ”, उहाँले भन्नुभयो, “केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट यातायात सञ्चालन हुन सकेको छैन ।
डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको काम भइरहे पनि लगातारको वर्षाले काम प्रभावित भएको बताउनुभयो । जोगमाई र पुवाखोलामा बेलीब्रिज जडानको तयारी रहे पनि भारतबाट सामग्री र प्राविधिक आउने मिति अझै निश्चित नभएकाले तत्काल समाधान हुने अवस्था नरहेको उहाँको भनाइ छ । यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार व्यवसायीले साना सवारीमा सामान ओसारेर दैनिक आवश्यकताको जोहो गरिरहेका थिए, तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन र खाद्यान्नको अभाव हुन सक्ने जोखिम बढेको छ । “सडक सञ्चालनलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।” उहाँले भन्नुभयो । मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि बर्खायाममा निरन्तर पहिरोको उच्च जोखिममा पर्दै आएको छ । करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्याले यस वर्ष पनि यातायात सञ्चालनमा गम्भीर असर पु¥याएको छ ।
पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए आवागमन अझ प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ । सडकको दुःखले यातायात व्यवसायी पीरमा छन् । “हरेक दिन सडक खुल्छ कि भन्ने आशामा निस्कन्छौँ । तर पानी परेपछि फेरि सबै बन्द हुन्छ”, इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले भन्नुभयो, “गाडीको किस्ता, इन्धन र घरखर्च धान्नै गाह्रो भएको छ ।”
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया