सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
ढोरपाटन (बागलुङ), ३० असारः राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ । तराई र पहाड जोड्ने यस सडकको निर्माण समयमै सम्पन्न हुन नसकेपछि चार पटक म्याद थप गर्दै पाँच वर्षपछि ग्राभेलको काम सकिएको हो ।
तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ कात्तिक ५ गते स्वच्छन्द–ओमबुद्ध जेभी, काठमाडौँले ठेक्का पाएको थियो । विसं २०८० वैशाखमै ग्राभेल सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि पटक–पटक म्याद थप गरिएको थियो । गत मङ्सिरमा तेस्रो पटक म्याद थप गरिएको भए पनि काम नसकिएपछि गत जेठ मसान्तसम्मका लागि अन्तिम पटक एक महिनाको म्याद थपिएको थियो ।
रु २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति गरिएको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी परीक्षा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राभेल सम्पन्न भएपछि ढोरपाटन–फल्लेघर खण्डको यात्रा व्यवस्थित भएको छ । निर्माण कम्पनीले सुरुदेखि नै अपेक्षाअनुसार काम नगर्दा परियोजना समयमै सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । “ढिलै भए पनि सडक ग्राभेल भयो । लामो समय सडक अलपत्र थियो, अहिले सडकको अवस्था राम्रो भएको छ”, पौडेलले भन्नुभयो, “ग्राभेल सम्पन्न भएपछि तत्काल कालोपत्र गर्न पाए सडक अझ व्यवस्थित हुन्थ्यो । तर त्यसका लागि बजेट छैन ।
विभागबाट बजेटको व्यवस्था भएपछि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढ्छ ।” विसं २०६८ मा रुपन्देहीबाट सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा, गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म जोडिएको छ । रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षाअनुसार प्रगति हुन सकेको थिएन । सडक ग्राभेल भएपछि बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको यात्रा सहज भएको ढोरपाटन नगरपालिका–९ का थमनबहादुर घर्तीले बताउनुभयो ।
उहाँका अनुसार यसअघि २२ किलोमिटर दूरी पार गर्न झण्डै साढे दुई घण्टा लाग्ने गरेकामा अहिले ४५ मिनेटमै यात्रा पूरा गर्न सकिन्छ । सडक सुधार भएपछि ढोरपाटन आउने पर्यटक र स्थानीयवासी दुवैलाई सहज भएको उहाँले बताउनुभयो । “पोहोरसम्म यो बाटोको अवस्था निकै बेहाल थियो । अहिले धेरै राम्रो भएको छ । ठेकेदारले चाह्यो भने काम हुने रहेछ”, घर्तीले भन्नुभयो, “यतिका वर्ष सडक नबन्दा स्थानीयले धेरै दुःख पाए । घुम्न आउने पर्यटकले पनि समस्या भोगे । अब सरकारले कालोपत्र गरिदियो भने यस क्षेत्रको मुहार नै फेरिनेछ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया