काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकमा मिटरब्याजपीडित (अनुचित लेनदेन)को माग सम्बोधनका लागि सरकार गम्भीर हुनुपर्ने आवाज उठाइएको छ । केही समययता बढेका आत्महत्याका घटनाप्रति गम्भीर हुन, किसानलाई समयमा मलको व्यवस्था गर्न र सुकुमबासीको व्यवस्थापन गर्न आग्रह गरिएको छ । बैठकको शून्य समयमा सांसद लीमा अधिकारी आचार्यले मिटरब्याज पीडितको समस्या समाधानका लागि गम्भीर भएर सरकार लाग्नुपर्ने बताउनुभयो ।
सांसद विपिनकुमार आचार्यले कुनै पनि सरकारले राज्यसत्ता सम्हालेको १०० दिनपछि सरकारको समीक्षा हुने अभ्यास रहेको बताउँदै संसदबाट पनि हालसम्म भएका कामको समीक्षा गरिनुपर्नेमा जोड दिनुभयो । सांसद सन्तोष राजवंशीले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्न र समृद्धिका निम्ति योगदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सांसद सन्दीप रानाले उहाँले अस्थायी र करार कर्मचारीको रोजगारीको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । सांसद समीक्षा बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजनीतिक गतिविधि नगर्ने र स्वतन्त्र प्रेसप्रति पूर्ण प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो ।
सांसद बोधनारायण श्रेष्ठले काठमाडौँ उपत्यकामा सञ्चालन हुने सवारी साधनको नवीकरण हचुवाका भरमा नगर्न आग्रह गर्नुभयो । सांसद विक्रम खनालले खेल पूर्वाधारका लागि नवलपरासीमा जग्गा रहेकाकाले लगानी गर्न आग्रह गर्नुभयो । सांसद शम्भुकुमार यादवले लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई पालना गर्दै प्रेस स्वतन्त्रतामा कतैबाट हस्तक्षेप हुन नहुने बताउनुभयो । सांसद क्षितिज थेवेले ताप्लेजुङ जिल्ला विपद्को उच्च जोखिममा रहेकाले पूर्वसचेतना अपनाउन आग्रह गर्नुभयो ।
सांसद ज्ञानु पौडेलले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ध्यान दिन माग गर्नुभयो । सांसदहरु लक्ष्मीप्रसाद पोखरेल, शम्भुप्रसाद ढकाल, शोभा खनाल, लालविक्रम थापा, श्रीराम न्यौपाने, सन्तोष सुब्बा, समिना मियाँ, सरस्वती लामा, सागर भुसाल, सीताराम साह, सृजना श्रेष्ठ, सुनील केसी, सुरेशकुमार चौधरी, सीता थपलिया, सुशीलकुमार कानु, सुशील खड्का, सुशीला ढकाल, सुषमा स्वर्णकार, सृष्टि भट्टराई, हरिनादेवी कामी, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल र ज्ञानेन्द्रसिंह महताले समसायिक विषयमा सरकार र सदनको ध्यनाकर्षण गराउनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया