व्यावसायिक तरकारीखेती गर्ने किसानलाई अनुदान
म्याग्दी, ३२ असारः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यावसायिक तरकारीखेती र पशुपालन गरेका किसानलाई रु २५ लाखभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रममार्फत एक सय १६ जना किसानलाई रु २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको हो ।
५९ जना तरकारी खेती गरेका किसानलाई रु १३ लाख ४९ हजार नौ सय ८३, ३८ जना बाख्रा तथा २८ जना गाईभैँसीपालक किसानलाई रु १२ लाख २० हजार अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, तरकारीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन भएको थियो ।
पशु सेवा शाखामा परेको ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट भएका थिए । न्यूनतम रु १३ हजारदेखि अधिकतम रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको पशु चिकित्सक डा सुदीप पौडेलले बताउनुभयो । तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकामा ५९ किसान तथा कृषक समूह छनोट भएका थिए । काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । थोरै नगद प्राप्त भए पनि यो कार्यक्रमले मिहिनेत गर्ने किसानलाई प्रत्यक्ष लाभ पुगेको बेनी नगरपालिका–१ रत्नेचौरका निरबहादुर थापाले बताउनुभयो ।
उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसान छुट्दैनन्”, उहाँले भन्नुभयो, “साना किसानलाई व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ ।” आव २०८०÷०८१ देखि गाईभँैसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि तरकारीखेती गर्ने किसानलाई पनि उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । “किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ”, उहाँले भन्नुभयो, “सझौला र साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ । वर्गअनुसार रु १५ हजारदेखि ४५ हजारसम्म अनुदान उपलब्ध गराइन्छ । यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ । पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर–८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी गरेको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया