नारायणगढ (चितवन), ३२ असारः धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक टन, डिएपी २०१.८०० मेट्रिक टन र पोटास ९९.१७५ मेट्रिक टन बिक्री भएको छ ।
उहाँले जिल्लाका २७८ सूचीकृत सहकारी मार्फत अनलाइन प्रणालीबाट मल वितरण भइरहेको जानकारी दिँदै यसले वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाएको बताउनुभयो । प्रमुख बगालेले भन्नुभयो, “वितरण प्रणाली अनलाइन गरिएपछि काम निकै सहज भएको छ । कुन सहकारीले कति मल बिक्री ग¥यो र कति मौजाद बाँकी छ भन्ने सबै विवरण प्रणालीमा स्पष्ट देखिन्छ । कसैले पनि अनियमितता गर्न सक्दैन र सहकारीहरूले दैनिक रूपमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।” कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी मल भरतपुर महानगरपालिकामा बिक्री भएको छ ।
भरतपुरमा २३९.१५० मेट्रिक टन युरिया, १९७.०५० मेट्रिक टन डिएपी र २२.२२५ मेट्रिक टन पोटास वितरण गरिएको छ । त्यसैगरी माडी नगरपालिकामा ११५.००० मेट्रिक टन युरिया र ९.५०० मेट्रिक टन पोटास, खैरहनी नगरपालिकामा ९०.१०० मेट्रिक टन युरिया र १९.१०० मेट्रिक टन पोटास, रत्ननगर नगरपालिकामा ७३.९५० मेट्रिक टन युरिया र २४.१०० मेट्रिक टन पोटास, राप्ती नगरपालिकामा ६४.३०० मेट्रिक टन युरिया, ०.७०० मेट्रिक टन डिएपी र १०.२५० मेट्रिक टन पोटास, कालिका नगरपालिकामा ४९.००० मेट्रिक टन युरिया र १४.००० मेट्रिक टन पोटास तथा इच्छाकामना गाउँपालिकामा २८.५०० मेट्रिक टन युरिया बिक्री भएको कम्पनीले जनाएको छ ।
आपत्कालीन वा विशेष आवश्यकताका लागि छुट्याइएको ‘बफर’ मौज्दातबाट ८.२०० मेट्रिक टन युरिया र ४.०५० मेट्रिक टन डिएपी वितरण गरिएको प्रमुख बगालेले जानकारी दिनुभयो । कम्पनीका अनुसार धान रोपाइँको मुख्य सिजनमा चितवन जिल्लाभर करिब २,५०० देखि ३,००० मेट्रिक टन रासायनिक मलको माग रहने अनुमान गरिएको छ । त्यसअनुसार आवश्यक मौज्दात व्यवस्थापन गरी किसानलाई सहज रूपमा मल उपलब्ध गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया