देउवाको पुनरावलोकन निवेदनमा आज सर्वोच्चमा सुनुवाइ
काठमाडौं साउन २१ : नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले यसअघि दिएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ।
देउवाले दायर गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश गरिएको हो। उक्त निवेदनमाथि प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने भएको छ।
सुनुवाइपछि पुनरावलोकनको निस्सा दिने वा नदिने विषयमा इजलासले निर्णय गर्नेछ। निस्सा प्रदान भएमा यस मुद्दाको पुनः विस्तृत सुनुवाइको प्रक्रिया अघि बढ्नेछ भने निस्सा अस्वीकृत भएमा यसअघिको आदेश यथावत् रहनेछ।
यस मुद्दाको सुनुवाइ र त्यसपछिको निर्णयलाई नेपाली कांग्रेसको आधिकारिकता विवादसँग जोडिएको महत्त्वपूर्ण कानुनी प्रक्रियाका रूपमा हेरिएको छ। पूर्ण इजलासको निर्णय आजै आउने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया