MBM कलेजमा शनिबारदेखि दुईदिवसीय ‘ह्याकफेस्ट–२०२६’
काठमाडौँ ।
अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेज (एमबिएमसी)ले शनिबारदेखि दुईदिवसीय आन्तरिक ह्याकाथन ‘एमबिएमसी ह्याकफेस्ट–२०२६’ आयोजना गर्ने भएको छ ।
‘सोच्नुहोस्, नवप्रवर्तन गर्नुहोस् र निर्माण गर्नुहोस्’ भन्ने नाराका साथ आयोजना हुने ह्याकाथनमा नवप्रवर्तन तथा प्रविधिका विभिन्न विषयमा विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक सोच र परियोजना प्रस्तुत गर्नेछन् । कार्यक्रमको उद्घाटन शनिबार बिहान कलेजको सभाहलमा हुनेछ भने आइतबार समापन गरिने कलेजले जनाएको छ ।
शनिबार दर्ता, औपचारिक स्वागत समारोह, राष्ट्रिय गान, पञ्चदीप प्रज्वलन तथा प्रमुख अतिथिको मन्तव्यपछि नियमावली र आचारसंहिताबारे जानकारी दिँदै ह्याकाथन औपचारिक रूपमा सुरु हुनेछ । पहिलो दिन प्रतियोगीहरूले चारवटा विकास सत्रमा रहेर आफ्ना परियोजनामा काम गर्नेछन् ।
त्यस्तै, दोस्रो दिन बिहान थप दुईवटा विकास सत्र सञ्चालन हुनेछन् । त्यसपछि निर्णायक मूल्यांकनअघि प्रस्तुतीकरणको तयारी तथा अन्तिम मार्गदर्शनका लागि विशेष मेन्टरिङ सत्र सञ्चालन गरिनेछ । दिउँसो दुई चरणमा निर्णायक मूल्यांकन हुनेछ ।
मूल्यांकनपछि मेन्टर तथा निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिनेछ । त्यसपछि विजेता घोषणा, चेक तथा प्रमाणपत्र वितरण र समापन मन्तव्यसँगै कार्यक्रम सम्पन्न हुनेछ ।
आन्तरिक ह्याकाथनका रूपमा आयोजना हुने ‘एमबिएमसी ह्याकफेस्ट–२०२६’मा कलेजका विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया